Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

३ असार २०८३, बुधबार २१:४९

काठमाडौँ। सम्पत्ति शुद्धीकरणको मुद्दामा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। बयान र थुनछेक बहसपछि बिशेष अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

बिशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायण प्रसाद कोइराला र विदुर कोइरालाको इजलासले प्रमाण हेरेर थुनामा पठाउनुपर्ने आदेश गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा बिशेष सरकारी वकिल कार्यालयले गत बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । भट्टविरुद्ध २६ तथा अग्रवालविरुद्ध २५ अर्ब रुपैयाँको बिगो छ।

 

प्रतिक्रिया दिनुहोस्