Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव

५ असार २०८३, शुक्रबार १४:१५

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। ‘हामीले जुन ढंगले अहिलेसम्म सोच्यौँ, जुन ढंगले चल्यौँ, त्यसमा परिवर्तन नगरी अब हुँदैन,’ उनले भने, ‘त्यसैले अब हामीले नयाँ ढंगले पार्टीलाई लैजानुपर्छ र आगामी महाधिवेशनले देशलाई एउटा नयाँ सन्देश दिनुपर्छ।’

उनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिए महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अब कुनै पनि ढिलासुस्ती र अन्योल सह्य नहुने उनको भनाइ थियो ।

उनले निर्वाचन समितिलाई पूर्ण विश्वासमा लिएर काम गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई महाधिवेशनको वातावरण निर्माणमा जुट्न आह्वान गरे ।

अध्यक्ष लिङ्देनले पार्टीभित्र देखिएका असन्तुष्टि र पार्टी छोडेर जानेहरूप्रति लक्षित गर्दै उनीहरूले नै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत र वातावरणलाई बिगार्ने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्