Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

५ असार २०८३, शुक्रबार २०:५१

काठमाडौं। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखानाले सूचना जारी गर्दै संक्रमण नियन्त्रण तथा आगन्तुकहरूको सुरक्षालाई ध्यानमा राखी आजदेखि लागू हुने गरी सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ।

चिडियाखाना प्रशासनका अनुसार बर्डफ्लु संक्रमण पुष्टि भएसँगै थप फैलावट रोक्न आवश्यक सावधानीका उपायहरू अवलम्बन गरिएको छ। संक्रमणको जोखिम न्यूनीकरण गर्न र जीवजन्तुको स्वास्थ्य अवस्थाको निगरानी गर्न चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।

बर्डफ्लु पुष्टि भएपछि सम्बन्धित निकायहरूले चिडियाखाना परिसरमा आवश्यक परीक्षण, निगरानी तथा नियन्त्रणका कार्यक्रम अघि बढाएका छन्। चिडियाखाना कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्नेबारे भने हालसम्म कुनै जानकारी दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्