Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने

७ असार २०८३, आईतवार १९:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपामा गरिएका सहमतिका एक–एक अक्षरमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले चुनावअघि नै बालेनको खुट्टामा बल पुर्‍याइएको भन्दै अब गोल हान्ने जिम्मा बालेनकै भएको प्रष्ट पारे ।

आज पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामिछानेले रास्वपामा फाटो ल्याउने र लडाउने प्रयास निकै भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर रास्वपामा सहमति गरेका छौँ । सहमतिको एक–एक अक्षर इमान्दारिताका साथ पालना गर्ने यहाँ उभिएर म प्रण गर्छु ।

उनले रास्वपा नेतृत्वमा दुई तिहाइको सरकार बनेको र त्यसको पार्टीले निगरानी गरिरहेको बताए ।

लामिछानेले थपे, ‘रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको । उहाँले यसको निरन्तरता दिइरहनुभएको छ । झुक्किएर त्यो बल कहीँ आएछ भने फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो । यहाँ मुख मिठ्याउनेहरु धेरै छन् । म तीनलाई जवाफ दिन होइन इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्