Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ

७ असार २०८३, आईतवार १९:३०

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फट्याइँ र बदमासी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।

सरकारी रकमको दोहन गरिएको भए उनीहरूलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

सत्तारुढ दल रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी विकासवादी र काम गर्ने पार्टी हो ।

अगाडि बढ्ने पार्टी हो । पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । कस्तो कुरामा मात्रै निहुँ खोजिन्छ भने विगतमा दिनमा फट्याइँ भएको छ, सरकारी रकमको दोहन भएको भने निहुँ खोज्छौ ।

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ । हामी नियमभन्दा बाहिर जाँदैनौँ । नियम–कानून मिच्दैनौँ । हाउभाउ हेर्दा अनियन्त्रित देखिनसक्छ । तर सबै कुरा निन्त्रयणमा छ ।’

प्रतिक्रिया दिनुहोस्