Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए

७ असार २०८३, आईतवार १९:३३

चितवन। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा विपक्षी सांसदहरूले माग्दै आएको प्रश्न जवाफ रास्वपाको प्रथम महाधिवेशनस्थलबाट दिएका छन् ।

उनले सीमा विवादबारे दिएको अभिव्यक्ति विवादमा परेपछि सांसदहरूले संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरिरहेका थिए । तर प्रधानमन्त्रीले बालेनले स्पष्टीकरण दिएनन् । उनको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेका थिए । तर आज रास्वपाको महाधिवेशनमा उनले ती कुराहरू उठाउँदै जवाफ दिए ।

‘यहाँ सीमाका कुरा उठे । हामीसँग प्रमाण छन् । हाम्रा प्रमाणहरू लिएर कुरा गर्छौं । हामीले मधयस्थकर्ता गर्न खोजेको होइन। हामीसँग प्रमाण छैन भने त्यो खोज्न हामी त्यहाँसम्म पनि जानुपर्छ भनेको हो,’ उनले भने ।

उनले यही विषयलाई लिएर आफ्नो राष्ट्रियतामाथि नै प्रश्न गरेकोप्रति उनको आपत्ति थियो । उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’

उनले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्छौं भनेको उनले उल्लेख गरे । प्रधानमन्त्री शाहले हालै अख्तियारका पदाधिकारीहरूलाई बोलाएर सोधपुछ गरिएको भन्दै भइरहेको विवादबारे पनि बोले ।

उनले विगतमा भएका गडबडीहरूलाई अनुसन्धान गर्ने क्रमम आवश्यक पर्छ भने पाँच घण्टा होइन पाँच वर्ष पनि छलफल गर्ने उल्लेख गरे । प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने बताएका छन् । विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए ।

‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री बालेनले भने ।

उनले आफ्नो पार्टी विकासवादी पार्टी भएको जिकिर गरे ।

‘हाम्रो पार्टी विकासवादी पार्टी हो । काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्ने पुराना पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइन,’ उनले भने, ‘निहुँ खोज्नै परे अगाडि बढ्दैगर्दा खोजिन्छ, विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने निहुँ खोज्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्