Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए

१० असार २०८३, बुधबार १४:३३

चितवन। चितवनको भरतपुरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन नसकिँदै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्।

महाधिवेशनको रौनक जारी रहेकै बेला प्रधानमन्त्री शाह श्रीमती, छोरी र आफ्ना सल्लाहकार कुमार बेनका साथ विमानस्थल पुगेर राजधानी फर्किएका हुन्।

विमानस्थल प्रस्थान गर्दा उनले विशिष्ट व्यक्तिका लागि व्यवस्था गरिएको ‘भीआइपी कक्ष’ समेत प्रयोग नगरी सामान्य नागरिक सरह यात्रा रोजेका थिए।

महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। जसमा प्रधानमन्त्री शाह आफैँ प्रस्तावक बसेका थिए।

महाधिवेशनलाई प्रविधिमैत्री बनाउन यसपटक रामलक्ष्मण इनोभेसनले तयार पारेको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस्