Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपा पदाधिकारीमा सहमतिको प्रयास

११ असार २०८३, बिहीबार १४:३३

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा ६ पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ ।

सभापतिसहित ९९ सय जना केन्द्रीय सदस्यको निर्वाचन सकिए पनि २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्रीका लागि नवनिर्वाचित केन्द्रीय सदस्यले दोस्रो चरणमा मतदान गरेर छान्न बाँकी नै छ ।

केन्द्रीय सदस्यको निर्वाचन सकिएपछि मतदाताहरू समेत तितरबितर भएको अवस्थामा सहमतिबाट पदाधिकारी छान्ने प्रयासमा नेताहरू लागेको बताइएको छ ।

रास्वपाका शीर्ष नेताहरू सकभर सहमतिमै पदाधिकारी छनोट गर्ने प्रयासमा लागेको नेताहरूले बताएका छन् । नेता शिशिर खनाल र विपिन आचार्यले सहमतिको प्रयास भइरहेको बताए ।

यद्यपि, सहमति नभए आजै अपराह्न चार बजे पदाधिकारीका लागि मतदान हुने नेता मनिष झाले जानकारी दिए । तीन दिनमा सक्नेगरी सुरु भएको रास्वपाको महाधिवेशन आज पाँचौ दिन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्