Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते

११ असार २०८३, बिहीबार १४:३६

काठमाडौं। भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन्।

यो भूकम्पपछि सरकारले सार्वजनिक गरेको मृतक र घाइतेको पहिलो आधिकारिक विवरण हो। उद्धार तथा राहत कार्य अझै जारी रहेकाले क्षतिको वास्तविक विवरण अझै बढ्न सक्ने अनुमान गरिएको छ।

यसअघि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको तीव्रता र प्रभावित क्षेत्रको अवस्थालाई आधार मान्दै दश हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत रहेको प्रारम्भिक आकलन सार्वजनिक गरेको थियो। यद्यपि हालसम्मको आधिकारिक तथ्यांक त्यसभन्दा निकै कम देखिएको छ।

राष्ट्रपति रोड्रिगेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै अमेरिकाले भेनेजुएलालाई आवश्यक सहयोग र ऐक्यबद्धताको प्रतिबद्धता जनाएको जानकारी दिइन्। फेसबुकमार्फत जारी विज्ञप्तिमा उनले अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरेकी छन्।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिलीका राष्ट्रपति जोसे एन्टोनियो कास्टेलासहित विभिन्न देशका नेताहरूले पठाएको समवेदना र सहयोगको प्रस्तावप्रति पनि आभार व्यक्त गरेकी छन्।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू अझै भग्नावशेष हटाउने, घाइतेहरूको उपचार गर्ने तथा विस्थापित नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यमा जुटिरहेका छन्। अन्तर्राष्ट्रिय समुदायबाट राहत सामग्री र मानवीय सहायता पठाउने तयारी समेत भइरहेको जनाइएको छ।

लेटेस्ट अपडेट: प्रभावित क्षेत्रका केही स्थानमा सञ्चार र विद्युत सेवा अझै अवरुद्ध रहेका छन्। सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। अधिकारीहरूले नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पको जोखिमबाट बच्न आग्रह गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्