Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)

१२ असार २०८३, शुक्रबार २०:५५

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनको मत परिणाम प्राप्त भएको छ । सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् भने वरिष्ठ नेतामा वालेन्द्र शाह निर्विरोध मनोनीत भैसकेका छन् ।

अब पदाधिकारीमा मनोनीत हुने बाहेकको परिणाम आइसकेको छ । पार्टीको महिला उपसभापतिमा सोविता गौतमले कडा प्रतिस्पर्धामा डा. तोसिमा कार्कीलाई पछाडि पारेकी छन् ।

प्राप्त परिणामअनुसार तोसिमाले ५७२ मत ल्याउँदा सोविता ७८९ मत ल्याएर विजयी बनेकी हुन् । महामन्त्रीमा विपिनकुमार आचार्य ६७३ मत ल्याएर विजयी मनिष झा ३४६ मत ल्याएर पराजित बने ।

गणेश कार्कीले १६९ मत ल्याएका छन् । सागर ढकाललाई १३९ मत आएको छ । महामन्त्रीमा उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी रञ्जु दर्शनाले समेत ३४ भोट पाएकी छन् ।

सहमहामन्त्रीमा सबैभन्दा बढी भोट निशा डाँगीले ल्याएकी छन् । पुरुषतर्फ असिम शाह सहमहामन्त्रीमा पहिलो भएका छन् । सबैभन्दा कम भोट हिमेश पन्तलाई आएको छ । उनले विद्युतीय मतदान र प्रवासबाट गरी ५३ भोट ल्याए ।

हेर्नुस सबै उम्मेदवारहरुले ल्याएको मत

उपसभापति
सोविता गौतम ७८९
डा. तोसिमा कार्की ५७२

महामन्त्री
विपिनकुमार आचार्य ६७३
मनिष झा ३४६
गणेश कार्की १६९
सागर ढकाल १३९
रञ्जु दर्शना ३४

सहमहामन्त्री (खुला)
असिम साह ४७१
हरि ढकाल ४१०
पुकार बम ३३४
रमेश प्रसाईं ३०७
यज्ञमणि न्यौपाने ३००
सुलभ खरेल २९१
अशोककुमार चौधरी १७९
मिलन लिम्बु १५१
राजिव खत्री १४८
वीरेन्द्र जैरु ११४
हिमेश पन्त ५३

सहमहामन्त्री (महिला)
निशा डाँगी ७३७
रीमा विश्वकर्मा २८२
कामिनीकुमारी चौधरी १४६
विदुषी राणा ८२
जुली यादव ७८

प्रतिक्रिया दिनुहोस्