Trending
सुनुवार राष्ट्रसेवक समाजको स्मारिका विमोचन     |     सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट     |     उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश     |     कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत     |     सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा     |     देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन     |     दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा     |     पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |    
समाचार

सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट

१८ असार २०८३, बिहीबार ०७:२०

काठमाडौँ। किस्ट शिक्षण अस्पताल काठमाडौँले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष (पिएफ) मा आबद्ध सेवाग्राहीलाई विशेष छुट दिने व्यवस्था गरेको छ।

सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा तथा भर्ना भएका बिरामी (ओइपिडी) लाई उपचार गराउँदा लागेको खर्चको ८० प्रतिशत कोषले व्यहोर्ने र सेवाग्राहीले २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अस्पतालले स्पष्ट गरेको छ।

त्यसैगरी, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रमअन्तर्गत सो अस्पतालमा भर्ना भई उपचार गराउँदा सामान्य रोगका लागि वार्षिक रु एक लाख र घातक रोगका हकमा सेवा अवधिभर रु १० लाखसम्म उपचार खर्च परिपूर्ति हुने व्यवस्था गरेको पनि अस्पताल जनाएको छ।

सो अस्पतालका अध्यक्ष अभिषेक थापाका अनुसार आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, मिर्गौला रोग, आँखा रोगलगायत विभिन्न विशेषज्ञ सेवाको उपचारमा सो छुट पाइने छ।

कोषले उपलब्ध गराएको परिचयपत्रसहित अस्पतालमा रहेको सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी सेवाग्राहीले सहज रुपमा विशेष छुट लिनसक्ने सो अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्