Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

हाइड्रोपावरको गाडी दुर्घटना, ६ जना घाइते

१९ आश्विन २०८१, शनिबार ०४:१७

१९ असोज,काठमाडौं। नुवाकोटको शिवपुरी- ८ काफलडाँडामा हायलक्स गाडी दुर्घटना हुँदा ६ जना  घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जान लागेको पिपुल्स हाइड्रोपावरको बा १४ च ३८५४ नम्बरको हायलक्स गाडी बिहान ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए।

घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये तीनजनाको उपचार ग्राण्डी अस्पतालमा भइरहेको डीएसपी भारतीले बताए।

प्रतिक्रिया दिनुहोस्