Trending
राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन     |     संसद्को रेकर्डबाट हट्यो बादलले बोलेका ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द     |     स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु     |     बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश     |     टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित     |     बाल शल्यचिकित्सकबीच अन्तरक्रिया     |     पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |    
समाचार

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

२४ असार २०८३, बुधबार १९:२७

काठमाडौं। विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बुधबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेललाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थपको अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा पक्राउ परेका पौडेललाई यसअघि पनि अदालतले तीन पटकसम्म म्याद थप गरिसकेको छ।

अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग पौडेलको शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो।

राजनीतिक र व्यावसायिक वृत्तमा चर्चामा रहेको यस मुद्दामा अनुसन्धान जारी रहेकाले अदालतले पुनः म्याद थप गरेको हो।

प्रतिक्रिया दिनुहोस्