Trending
बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |     रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक     |     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै सपथ लिने     |     वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै     |     हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |     सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला     |     अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद     |     सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब     |    
समाचार

वीर अस्पतालमा गणेश नेपालीकाे परिवार र सरकार पक्षबीच वार्ता जारी

२६ असार २०८३, शुक्रबार २१:५०

काठमाडौँ। गणेश नेपालीकाे आत्मदाहकाे घटनालाई लिएर सरकारी संयन्त्रले मृतकका परिवारसँग छलफल सुरू गरेका छन् । अहिले वीर अस्पतालमा वार्ता जारी रहेकाे स्राेतले बतायाे ।

परिवार र आफन्तले गणेशकाे शव उठाएका छैनन् । घटनाकाे निस्पक्ष अनुसन्धान र पिडितलाई क्षतिपुर्तिकाे माग राखिएकाे छ । यही विषयमा सरकारी पक्षले वार्ता थालेकाे हाे ।

स्राेतका अनुसार गृहमन्त्री सुधन गुरूङनिकट मुगुका नेता अनिल बानियाले वार्ताकाे संयाेजन गरेका हुन् । प्रधानमन्त्रीकाे सचिवालयका व्यक्तिहरू पनि पुगेकाे बताइएकाे छ ।

मृतककाे परिवारका तर्फबाट बुबा, आमा र दाजु सहभागी छन् । अन्य व्यक्तिहरूलाई प्रवेश दिइएकाे छैन । मृतकका बुवाआमालाई आजै काठमाडौँ ल्याइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्