Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच चार घन्टा एक्लाएक्लै छलफल

२८ असार २०८३, आईतवार १९:३७

काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ४ घण्टा बढी छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनकै निवास पुगेका थिए ।

बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए । सवार ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजेमात्रै निस्किएका थिए ।

‘समसामयिक राजनीतिकको विषयमा उहाँहरूबीच छलफल भयो,’ स्रोतले भन्यो । उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको बताइएको छ । हालै चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनित हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि दुई जनाबीच छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीसमेत रहेका बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित हुने यसअघि नै सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्