Trending
विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, विशेष अदालतबाट तीन दिनको अनुमति     |     जरा अभियान समापन भएलगत्तै भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्दै कांग्रेस     |     प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच चार घन्टा एक्लाएक्लै छलफल     |     गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति     |     काठमाडौंमा RF3 World को भव्य शुभारम्भ, स्वास्थ्य र व्यवसायिक अवसरबारे विस्तृत छलफल     |     वीर अस्पतालमा गणेश नेपालीकाे परिवार र सरकार पक्षबीच वार्ता जारी     |     भारतीय अभिनेता राजपाल यादवलाई तीन महिना जेल सजाय, कारण के ?     |     सम्पत्ति छानविन आयोगलाई सबै काम रोक्न अदालतको आदेश     |     सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै     |     वन तथा वातावरण सचेतना म्युजिक भिडियो सार्वजनिक     |    
समाचार

जरा अभियान समापन भएलगत्तै भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्दै कांग्रेस

२९ असार २०८३, सोमबार १९:१७

काठमाडौँ । नेपाली कांग्रेस साउन ६ गते जरा अभियान समापन भएको घोषणा गरेलगत्तै अर्को अभियानमा पार्टी होमिने भएको छ ।

४४औँ बिपी स्मृति दिवसका सन्दर्भमा नीति प्रतिष्ठानले गरेको छलफलमा बोल्दै सभापति गगन थापाले पार्टीले अर्को अभियान थालिन गर्न लागेको जानकारी गराए।

उनले भने, ‘६ गते पार्टीको जरा अभियान सम्पन्न भएलगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा हुन्छ । कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रूपमा नरहने बरु सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील रहन्छ ।’

पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते पार्टीका तर्फबाट पाँच किलोमिटरको ग्रिन रन, चित्रकला र संवाद कार्यक्रम हुने जानकारी गराए। कांग्रेसले यो वर्षको बिपी पुण्यतथिमा जलवायु परिवर्तन र यसका प्रभावमा केन्द्रित रहेर यी कार्यक्रम गर्न लागेको हो ।

साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी हुने पनि उनले जानकारी गराए । यसअघि प्रतिष्ठानअन्तर्गतका ३० वटा विषयगत समितिकाबारे जानकारी गराए ।

आजको छलफलमा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, भ्रातृ संस्थाहरूका अध्यक्ष, उपत्यकाका जिल्ला सभापतिहरू र प्रतिष्ठानका सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्