Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, विशेष अदालतबाट तीन दिनको अनुमति

२९ असार २०८३, सोमबार १९:२१

काठमाडौं। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिनको म्याद थप गरेको हो ।

उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान गरिरहेको छ ।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।

त्यसयता उनलाई चार पटक विशेष अदालतबाट म्याद लिएर विभागले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्