Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

जुवाखालबाट ८ जना समातिए

१९ आश्विन २०८१, शनिबार ०९:००

१९ असोज, दाङ। दाङमा जुवाखालबाट ८जना समातिएका छन्।

तुलसीपुर उपमहानगरपालिका-१५कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगद्सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर-१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका-२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक छन् ।

यसैगरी तुलसीपुर-१५ का ४९ वर्षीय सुवास धिताल, घोराहीउपमहानगरपालिका-९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही-१८ का २९ वर्षीय दिनेश बिक र घोराही-१५ का ३७ वर्षीय बसन्तराज अधिकारी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्