Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक

३ श्रावण २०८३, आईतवार २१:०१

धादिङ। भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम रहेकाले धादिङ जिल्लाभर आज रातिदेखि सोमबार बिहानसम्म सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले साउन ३ गते बेलुका एक जरुरी सूचना जारी गर्दै आइतबार राति १० बजेदेखि साउन ४ गते बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सबै सार्वजनिक र निजी सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन भने निर्बाध रूपमा चल्न पाउने उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागले साउन ३ गते आइतबार देशका विभिन्न भागमा भारी र अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो। यसैको आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारले काठमाडौंबाट चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा उच्च जोखिम रहेको जानकारी गराएको थियो।

सोही सम्भावित जोखिमलाई मध्यनजर गर्दै आम सर्वसाधारणको जीउज्यानको सुरक्षार्थ यस जिल्लामा चल्ने तथा जिल्ला भएर चल्ने अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरूको आवतजावत बन्द गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्