Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय

५ श्रावण २०८३, मंगलवार १५:५१

काठमाडौं । निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आम नागरिकको निराशा र थप आर्थिक भारलाई मध्यनजर गर्दै यो कर स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय लिइएको हो ।

सरकारले सुरूमा दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले यो करको अवधारणा ल्याएको उनको प्रष्टोक्ति छ ।

चालू आर्थिक वर्षको बजेटबाट ल्याइएको यस करको नागरिक तहबाट चर्को आलोचना र विरोध भएको थियो । कर लागू हुँदा आम मानिसले थप महँगी र आर्थिक बोझ भोग्नुपर्ने देखिएकाले सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

‘यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो,’ प्रधानमन्त्रीले भनेका छन्, ‘नागरिक तहमा देखिएको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । कुनै पनि निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार छ ।’

प्रधानमन्त्रीले निजी अस्पतालहरूमा १० प्रतिशत बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १० प्रतिशत सीट पारदर्शी र न्यायोचित रूपमा विपन्नका लागि उपलब्ध गराउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्