Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना

८ श्रावण २०८३, शुक्रबार १६:३४

काठमाडौं। दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो ।

जसमध्ये कम्बोडियबाट ७३३ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जनाको उद्धार गरिएको प्रवक्ता लोकबहादुर पौडेलले बताए ।

हाल कम्बोडियाका जेलमा ४९ जना नेपाली रहेको भन्दै उनले नेपाली दूतावास (बैंङ्कक) ले कानुनी सहायताको समन्वय गरिरहेको जानकारी दिए ।

उद्धारका लागि मन्त्रालय वा निकायहरूमा निवेदन दिनुअघि, गैरकानुनी रूपमा पठाउने संलग्न व्यक्तिहरूलाई कारबाही गर्नका लागि परिवार तथा आफन्तले यथार्थ विवरणसहित नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिन मन्त्रालयको अनुरोध छ ।

मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ ।

पौडेलले मध्यपूर्वमा शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व लम्बिने देखिएकाले यसबाट नेपालीको सुरक्षा, रोजगारीलगायत स्वदेशमा इन्धन, निर्माण, पर्यटन लगायत अर्थतन्त्रमै नकारात्मक असर पर्न सक्नेतर्फ सरकार संवेदनशील रहेको बताए ।

हाल उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हालसम्म सामान्य रहेको र कोही पनि प्रभावित भएको जानकारी नआएको मन्त्रालयका अधिकारीले बताए ।

वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम भएको र ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्वाध उपयोग तथा दिगो शान्तिका पहलहरूमा नेपालको समर्थन रहेको प्रवक्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्