Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

भारतीय कानुनबाट फरार घोषित जाकिर नाइकको एक्स ह्यान्डललाई भारतमा प्रतिबन्ध

१९ आश्विन २०८१, शनिबार ०९:०१

१९ असोज,काठमाडौं। विवादास्पद इस्लामिक उपदेशक र भारतीय कानुनअन्तर्गत फरार घोषित जाकिर नाइकको एक्स (पहिले ट्विटर) ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइएको छ।

जाकिर नाइकको एक्स ह्यान्डलमा लेखिएको छ– कानुनी कारबाही मागको जवाफमा जाकिर नाइकको एक्स ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइएको छ। यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले जाकिर नाइकको पाकिस्तान भ्रमणबारे पनि टिप्पणी गरेको थियो।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए- भारतीय कानुनअनुसार फरार जाकिर नाइकलाई पाकिस्तानमा अँगालो हालेर उच्चस्तरीय स्वागत गरिएको छ। यो अत्यन्तै निराशाजनक र निन्दनीय छ तर यो अचम्मको कुरा होइन।

प्रतिक्रिया दिनुहोस्