Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

भारतीय कानुनबाट फरार घोषित जाकिर नाइकको एक्स ह्यान्डललाई भारतमा प्रतिबन्ध

१९ आश्विन २०८१, शनिबार ०९:०१

१९ असोज,काठमाडौं। विवादास्पद इस्लामिक उपदेशक र भारतीय कानुनअन्तर्गत फरार घोषित जाकिर नाइकको एक्स (पहिले ट्विटर) ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइएको छ।

जाकिर नाइकको एक्स ह्यान्डलमा लेखिएको छ– कानुनी कारबाही मागको जवाफमा जाकिर नाइकको एक्स ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइएको छ। यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले जाकिर नाइकको पाकिस्तान भ्रमणबारे पनि टिप्पणी गरेको थियो।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए- भारतीय कानुनअनुसार फरार जाकिर नाइकलाई पाकिस्तानमा अँगालो हालेर उच्चस्तरीय स्वागत गरिएको छ। यो अत्यन्तै निराशाजनक र निन्दनीय छ तर यो अचम्मको कुरा होइन।

प्रतिक्रिया दिनुहोस्