Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय

१० श्रावण २०८३, आईतवार २०:५३

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति संदिप सिंह रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्ने ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पुष्टि गरेका हुन् ।

साउन ८ मा सञ्चालित एमबिएसको अर्गनाइजेशनल बिहेबयर विषयको प्रश्नपत्र ह्वाट्स एपमार्फत बाहिरिएपछि त्यसबारे प्रहरीले अनुसन्धान थालेको थियो । यसअघि दुईजना पक्राउ परेकोबारे साइबर ब्युरोका अधिकारीहरुले जानकारी दिएका थिए ।

एकजनाको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको साइबर ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ परेका आरोपी सिंहविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए ।

घटनाबारे सीआईबीमातहत रहेको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्