Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?

१० श्रावण २०८३, आईतवार २१:५६

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।

प्रधानमन्त्री बालेनले खनालको व्यक्तिगत गतिविधि र आचरण चित्त नबुझेपछि जिम्मेवारीबाट हटाएका हुन् । डेढ महिनाअघि भएको राहदानी (पासपोर्ट) प्रकरण, त्यसपछिको उनको भूमिका तथा अन्य व्यक्तिगत गतिविधि पनि संकास्पद रहेको स्रोतको दाबी छ ।

उनलाई टिममा राख्दा प्रधानमन्त्रीकै प्रतिष्ठामा आँच आउने भएपछि अन्ततः उनलाई सचिवालयबाटै हटाइएको हो । स्रोतका अनुसार गत असार १ गते भएको राहदानी प्रकरणमा खनालको व्यवहार र भूमिकामाथि प्रश्न उठेको थियो ।

उक्त दिन उनी राहदानी विभागका अधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग चर्को र आक्रामक रूपमा प्रस्तुत भएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्