Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने

११ श्रावण २०८३, सोमबार १०:०४

काठमाडौँ। नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन्।

सोमबार प्रकाशित सूचना अनुसार, विभिन्न दर्जाका यी कर्मचारीहरू बिना सूचना कार्यक्षेत्रमा अनुपस्थित रहेका र घरमै खोजी गर्दा समेत फेला नपरेपछि अन्तिम पटक स्पष्टीकरण पेश गर्ने मौका दिइएको हो।

प्रहरी महानिरीक्षकको सचिवालयले बाटोको म्याद बाहेक सात दिनभित्र सन्तोषजनक जवाफसहित हाजिर हुन निर्देशन दिएको छ।

तोकिएको समयभित्र हाजिर नभएमा ‘प्रहरी नियमावली २०७१’ बमोजिम उनीहरूलाई सेवाबाट हटाउने (डिस्मिस गर्ने) चेतावनी प्रधान कार्यालयले दिएको छ। गैरहाजिर हुनेहरूमा काठमाडौं, सुर्खेत, ओखलढुङ्गा, धनुषा, चितवन लगायतका क्षेत्रमा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) देखि कार्यालय सहयोगीसम्म रहेका छन्।

प्रतिक्रिया दिनुहोस्