Trending
कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा     |     नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?     |     बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?     |     सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु     |     सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने     |     प्रधानमन्त्री बालेनले सचिवालयबाट किन हटाए माधव खनाल ?     |     एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन     |     एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय     |     ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ को टिकटकमा अभूतपूर्व सफलता     |     उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित     |    
समाचार

नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?

११ श्रावण २०८३, सोमबार १३:१३

काठमाडौँ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार (साउन ११)देखि औपचारिक रूपमा उद्घाटन भएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको नेपालकै पहिलो सडक सुरुङमार्गसँगै अब सवारी चालकले नगद होइन, आरएफआईडी प्रणालीमार्फत टोल शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ ।

सुरुङमार्गमा सीमित सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ । प्रारम्भिक चरणमा कार, जीप, भ्यान, पिकअप, बस तथा अन्य चारपाङ्ग्रे सवारी सञ्चालन हुनेछन् भने मोटरसाइकल, पेट्रोल ट्यांकर, ग्यास बुलेटलगायतका सवारीलाई तत्काल प्रवेश दिइने छैन ।

सुरुङमार्ग प्रयोग गर्न सवारीमा सम्बन्धित बैंकमार्फत प्राप्त एन–ट्याग स्टिकर जडान गर्नुपर्नेछ । उक्त ट्यागमा रकम रिचार्ज गरेपछि सुरुङमार्ग प्रवेश गर्दा स्वचालित रूपमा टोल शुल्क कट्टा हुनेछ ।

टोल शुल्क पनि सवारीको प्रकार र यात्राको दिशाअनुसार फरक–फरक निर्धारण गरिएको छ । कार, जिप, भ्यान र पिकअपले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस, मिनी ट्रिपर र ट्यांकरले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नेछन् ।

ठूला बस तथा ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ । बहु–एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

२ दशमलव ६८ किलोमिटर लम्बाइको यो सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ मा औपचारिक रूपमा सुरु भएको थियो । यो आयोजना निर्माणमा जापान सरकारको करिब २१.५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।

साढे तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारण देखाउँदै जापानी ठेकेदार कम्पनीले चार पटकसम्म म्याद थप गरेपछि आयोजना सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्