Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय

११ श्रावण २०८३, सोमबार १७:५५

काठमाडौँ। सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) र कोशी प्रदेशका डीआईजी सहितका सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ। सुनसरीमा बासुदेव घिमिरे प्रजिअ थिए।

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ। कोशी प्रदेशमा डीआईजी डीआईजी शेखर खनाललाई पठाउने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेलाई त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। सुनसरीमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ। मल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए।

सशस्त्रको कप्तानगञ्ज स्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर त्यहाँ डीएसपी मदन नाथलाई पठाइएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

सो घटना छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झण्डा राखेको विषयमा विवाद भएको थियो ।

घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र १० जना सशस्त्रका सुरक्षाकर्मी घाइते भएका छन् । घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेध आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्