Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन

११ श्रावण २०८३, सोमबार २१:४२

काठमाडौं । डा. गोविन्द केसीले सरकारसँग सात बुँदे सहमति भएसँगै अनशन तोड्नु भएको छ ।

बिभिन्न माग राखेर बिहीबारदेखि कैलालीको धनगढीमा अनशनमा बस्नु भएका केसीसंग सरकारले आज सात बुँदे सहमति गरेको छ । सरकारले गठन गरेको वार्ता टोलीसँग सात बुँदे सहमति भएसँगै केसीले सोमबार साँझ अनशन तोड्नु भएको हो ।

डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी गएको थियो ।

सहमति पत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने, विश्वविद्यालय सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्