Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

प्रधानमन्त्री उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख

१९ आश्विन २०८१, शनिबार ११:५९

१९ असोज,काठमाडौं। नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपियाँ सहयोग गरेको छ।

हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको जनाएको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए। चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषमा बाढीपहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्