Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
कला र मनोरन्जन

चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा

१३ श्रावण २०८३, बुधबार १८:४८

काठमाडौं। चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि पर्दापछाडि रहेर नेपाली सिनेमालाई नजिकबाट बुझेका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

नेपाली चलचित्र क्षेत्रमा ‘थ्रिलर’ विधामा नयाँ आयाम थप्ने संकेत गर्दै चलचित्र ‘पञ्चमी’ को थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरिएको हो ।

सौगातका लागि यो पहिलो निर्देशकीय प्रोजेक्ट भए पनि उनले दीपेन्द्र के. खनाल लगायतका निर्देशकसँग चिफ एडी र कार्यकारी निर्माताको भूमिकामा काम गरिसकेका छन् ।

सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशकको भनाइ छ, जुन सिनेमा हेर्दा मात्र स्पष्ट हुनेछ ।

पोस्टरमा ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन छ, जसको सन्दर्भ अझै रहस्यमै छ । कुन सन्दर्भमा कसका लागि यो लाइन प्रयोग गरिएको हो भन्ने कुरा भने अझै रहस्यमै छ ।

यसबारे निर्देशक बस्नेतले भने, ‘टाइटलमा जसरी हामीले डिजाइन गरेका छौँ, यो अहिले हेर्दा केही क्लिष्ट भए पनि सिनेमा हेर्दा सरल र सहज देखिनेछ । सिनेमासँग यो सबै रिलेट भएर आउनेछ । त्यतिबेला यो थिमको जस्टिफाइ हुनेछ । यो एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ ।’

‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन् ।

कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने र छिट्टै चलचित्रको झलक आउने निर्देशक बस्नेतले बताए ।

एकातिर रहस्यमयी पोस्टर र अर्कोतिर आफ्नो पहिलो निर्देशकीय प्रयासमै साइकोलोजिकल मिस्ट्री थ्रिलर जस्तो जोखिमपूर्ण विधा रोज्ने साहस । ‘पञ्चमी’ले नेपाली चलचित्र उद्योगमा नयाँ किसिमको कुतूहल जन्माइदिएको छ ।

के हो त ‘पञ्चमी’? त्रिशूल, नाग, चन्द्रमा, पाँचवटा घेरा, र त्यो पुरानो टाइपराइटर , पोस्टरमा राखिएका ठ्याक्कै यी पाँचवटै तत्व के हुन् ? र किन ठ्याक्कै पाँचवटा मात्र ? के यिनको सङ्ख्यामै लुकेको छ शीर्षकको साँचो अर्थ ?

प्रतिक्रिया दिनुहोस्