Trending
विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |     २४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |    
समाचार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण

१३ श्रावण २०८३, बुधबार १९:२०

सुर्खेत। कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री शाहीले शपथग्रहणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्दै शासकीय सुधार गर्ने निर्णय गरेका छन्।

मुख्यमन्त्रीले प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेका विकास आयोजनाहरूको प्रगति विवरण सहज रूपमा देख्न सकिने गरी आयोजना ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेका छन्।

मुख्यमन्त्री शाहीले सबै प्रकारका विपतको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गर्ने तथा विपद्का वेला तत्काल उद्धार र प्रतिकार्यका लागि क्विक रेस्पोन्सलगायतका कार्यलाई प्राथमिकता दिने निर्णय गरेका छन्।

नवनियुक्त मुख्यमन्त्री शाहीले पदभार ग्रहणकै दिन विकास आयोजनाको प्रभावकारी अनुगमन, शासकीय सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा विपत् व्यवस्थापनलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्