Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत

१३ श्रावण २०८३, बुधबार २०:११

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेताको भूमिकामा औपचारिक रूपमा समेटेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख शाहबीच भएको राजनीतिक समझदारीअनुसार उनलाई उक्त भूमिकामा राख्ने सहमति भएको थियो ।

पार्टीले संशोधन गरेको विधानमा वरिष्ठ नेताको पदसम्बन्धी व्यवस्था समावेश गरेपछि सोही प्रावधानअनुसार शाहलाई जिम्मेवारी प्रदान गरिएको हो ।

रास्वपाले पछिल्लो समय संगठनात्मक संरचना र जिम्मेवारी व्यवस्थापनलाई विधानअनुसार अघि बढाउँदै आएको जनाएको छ । शाहको वरिष्ठ नेताका रूपमा मनोनयनलाई पनि सोही प्रक्रियाको निरन्तरताका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्