Trending
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |    
समाचार

विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य

१३ श्रावण २०८३, बुधबार २०:२९

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सको युट्रेच्ट सहरस्थित स्पोर्टपार्क मार्सचालकरविर्ड मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रनको योगफल बनायो ।

नेदरल्यान्ड्सका लागि नोआ कोर्सले सर्वाधिक ७० रनको योगदान दिए । त्यस्तै कप्तान स्कट एडवार्डसले ५७ रन बनाए । लोगान भ्यान विक २७ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा हेमन्त धामी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्