Trending
विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |     शेखरले एसियाली आईटीएफ खेल्ने     |     राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल     |     चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक     |     प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |    
समाचार

विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति

१७ श्रावण २०८३, आईतवार १९:३४

काठमाडौं। ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले अनियमितताका उजुरीहरूमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेका छन् ।ऊर्जा म

लयले प्राधिकरणको ट्रान्सफर्मरको खरिद र तिनको गुणस्तरबारे अध्ययन गर्न सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजु महर्जनको नेतृत्वमा समिति गठन गरेको हो । मन्त्रालयका सूचना अधिकारी समेत रहेका महर्जन नेतृत्वको समितिले काम थालिसकेको बताए ।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले भूमिगत तार व्यवस्थापन र त्यसक्रममा आएका गुनासाहरूको अध्ययनका लागि सञ्चालक समिति सदस्य शम्भु केसीको नेतृत्वमा अर्को समिति गठन गरेको हो ।

दुवै समिति प्राधिकरणको गुणस्तर र सेवा प्रवाहसँग सम्बन्धित छन् । नेपाल विद्युत् प्राधिकरणले ग्राहक र सेवाग्राहीको गुनासो सुन्न ११५१ को हटलाइन सेवा सुरु गरेको थियो ।

करिब १५ सय उजुरीमध्ये ठूलो हिस्सामा ट्रान्सफर्मर र भूमिगत तार व्यवस्थापनबारेमा गुनासो आएपछि अध्ययन गर्न समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सीडीई महर्जनको नेतृत्वमा गठित समितिले विभिन्न ठाँउको भोल्टेज प्रवाह, बारम्बार विद्युत् आपूर्ति रोकिने समस्या (ट्रिपिङ) लगायत ट्रान्सफर्मरहरूको गुणस्तरबारे समेत अध्ययन गर्नेछ । समितिले काम थालिसकेको छ ।

विद्युत् प्राधिकरणको सञ्चालक समितिले सदस्य शम्भु केसीको नेतृत्वमा गठन गरेको समितिले भूमिगत तार व्यवस्थापन र त्यसमा देखिएका समस्याबारे अध्ययन गर्ने कार्यादेश पाएको छ ।

काठमाडौं उपत्यकाका केही शहरी क्षेत्रमा विद्युत् प्राधिकरणले भूमिगत रूपमा तार व्यवस्थापनको काम थालेको थियो ।

त्यसक्रममा गुणस्तरीय काम नभएको र जोखिम बढेको भनेर प्राधिकरणले सञ्चालन गरेको गुनासो सुन्ने हटलाइनमा बारम्बार उजुरी आएको थियो । त्यसलाई सम्बोधन गर्न अर्को समिति गठन भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्