Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने

१९ आश्विन २०८१, शनिबार १२:०६

१९ असोज,काठमाडौं। ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ ।

लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो। ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमन कार्कीले बताए।

कम्पनीले दुई वर्षको मेहनतबाट निर्माण गरेको र शुक्रबारदेखि एपको सफ्ट लन्च गरेको उनले जानकारी दिए। एपबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिनसक्ने उनको भनाइ छ।

ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि एप निर्माण गरेको बताए । एप्लिकेसनबाट ढुवानी व्यवसायसँग आबद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन् । एपले मालवाहक सवारी साधनले बहन गरेको लोडको पनि रेकर्ड राख्ने उनले बताए ।

त्यस्तै कम्पनीकी कर्मचारी रोशनी श्रेष्ठले कम्पनीले सरकारले स्थापना गरेको १८ वटा तौल पुलमा एपको कनेक्सन जडान गरेको जानकारी दिइन् । एपले सवारी साधनको तत्कालको लोकेसन पता लगाउने, सवारी साधनको ब्लु बुक, इन्स्योरेन्स, रुट पर्मिटको अवधि सकिएको पनि नोटिफिकेसन पनि दिने बताइन् । जसका कारण सवारी साधन अतिरिक्त जरिवानाबाट बच्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्