Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता

२२ श्रावण २०८३, शुक्रबार ०८:३६

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि अध्यक्ष पदकी उम्मेदवार जिस्वान तुलाधरले आफ्नो १२ बुँदे निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेकी छन्।

पर्यटन व्यवसायको आधुनिकीकरण, नीतिगत सुधार, व्यवसायीको हित संरक्षण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उनले प्रतिबद्धताहरू सार्वजनिक गरेकी हुन्।

प्रतिबद्धता–पत्रमा अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा डिजिटल बजारीकरण, पर्यटनसम्बन्धी नीतिगत तथा कानुनी सुधार, नयाँ उद्यमी तथा साना व्यवसायलाई प्रोत्साहन, व्यवसाय संरक्षण र राहत हस्तक्षेप, आउटबाउन्ड पर्यटनलाई आधिकारिक मान्यता, साहसिक तथा नयाँ पर्यटन विधाको प्रवर्द्धन, क्षमता अभिवृद्धि, संस्थागत पारदर्शिता, प्रदेशस्तरीय सञ्जाल सुदृढीकरण, समावेशी नेतृत्व, दिगो पर्यटन प्रवर्द्धन तथा नाट्टा र टिकटिङ प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाइएको छ।

तुलाधरले पर्यटन व्यवसायीको हकहितलाई केन्द्रमा राख्दै नाट्टालाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

आगामी नेतृत्वले पर्यटन क्षेत्रका चुनौती समाधान गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्