Trending
मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन     |     ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री     |     नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता     |     सुनको मूल्य तोलामा एकैदिन ८ हजारले बढ्यो     |     नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त     |     ‘हेलो सरकार’ को स्तरोन्नति गरिँदै, के छ तयारी ?     |     शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान     |     मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता     |     विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |    
समाचार

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

२२ श्रावण २०८३, शुक्रबार १६:५५

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताएकी हुन् । उनले अफवाह र भ्रमको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गरिन् ।

अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्नसक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिइँदै आएकामा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको स्पष्ट गरिन् ।

मन्त्री यादवले हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै १० हजार १६६ मेट्रिकटन कुल भण्डारण क्षमता, एक करोड ७५ ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको जनाइन् । उनले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइ अगुगमन अघि बढाइएको बताउँदै एलपी ग्यास सिलिण्डरको ट्राकिङका लागि नेपाल आयल निगमबाट आवश्यक प्राविधिक कार्य आरम्भ गरिएको बताइन् ।

मन्त्री यादवले माग बढेकाले तीन महिनाका लागि भारतबाट ग्यास आयतको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट गरिन् ।

उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्