Trending
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |     मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |     कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण     |     राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव     |     सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |    
समाचार

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ

१९ आश्विन २०८१, शनिबार १२:०७

१९ असोज,काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन् ।

नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उनले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताए ।

उनले  डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका एनटिसीले  निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालको लागि पूर्वाधार विकास गर्न निर्देशन दिए । उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकहरुले सरकारी सेवा सुविधा नलिन कठिनाइ भोग्नु नपर्ने बताए ।

१० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै कामहरु गर्न सकिने उल्लेख गरे । उनले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको बताए ।

उनले प्रत्यक्ष रुपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताए । गत असोज १२ र १३ गते देशभर अविरल वर्षाका कारण भएको नेपाल टेलिकमको क्षतिबारे बुझ्न मन्त्री गुरुङ शुक्रवार टेलिकममा पुगेका थिए । टेलिकमका कर्मचारीहरुले उहाँलाई बाढी, पहिरो र डुबानले तराई, पहाड र हिमाली क्षेत्रमा भएको क्षतिबारे जानकारी समेत गराएका छन् ।

बाढी, पहिरो र डुबानले देशभर ठूलो जनधनको क्षति भएको छ । मन्त्री गुरुङले टेलिकमको टावरहरु भएको क्षति र नेटवर्कको समस्याबारे पनि जानकारी लिएका  छन् ।

प्रतिक्रिया दिनुहोस्