Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
समाचार

हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

२७ श्रावण २०८३, बुधबार १९:२०

काठमाडौँ। सर्वोच्च अदालतले प्रहरी हिरासत र कार्यालयमा अनिवार्य रूपमा सीसीटीभी क्यामरा जडान गर्न र प्रहरीले ‘बडी-वोर्न क्यामरा’ (शरीरमा बाँधिने क्यामरा) प्रयोग गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार उक्त आदेश गरेको हो । यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै गरेको ‘दरपीठ’ अर्थात् दर्ता नगर्ने निर्णयको आदेशलाई उक्त इजलासले बदर गरिदिएको हो ।

न्यायाधीश फुयालको इजलासले गरेको आदेशमा यो विवाद अपराध अनुसन्धानको क्रममा हुने पक्राउ, हिरासत तथा बयानसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।

यसका साथै यो विषय हिरासतमा रहेका व्यक्तिका संवैधानिक अधिकार तथा हिरासतसम्बन्धी न्यूनतम् मानवीय मापदण्डको संरक्षणसँग जोडिएको ठहर गरिएको छ । यस्तो गम्भीर प्रकृतिको विवादलाई प्रारम्भिक चरणमै दर्ता रोकेर सुनुवाइबाट वञ्चित गर्नु न्यायोचित नहुने भएकाले रजिष्ट्रारले यसअघि गरेको दरपीठको निर्णय बदर गरिएको आदेशमा जनाइएको छ ।

यसअघि यही साउन २१ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले यो रिट निवेदन दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएका थिए । रजिष्ट्रार पोखरेलले रिट निवेदकहरूले उठाएका विषयमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४० र ४१ बमोजिम दाबी पुष्टि हुने कुनै पनि आधिकारिक अध्ययन प्रतिवेदन, अनुसन्धानमूलक दस्तावेज वा आधिकारिक तथ्यांक पेश नगरेको र सोझै रिट लिएर आएको भन्दै दर्ता गर्न नमिल्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्