Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
समाचार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै सपथ लिने

२९ श्रावण २०८३, शुक्रबार १४:२१

कैलाली। सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् ।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनी आज दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।

उनीसंगै नेकपा एमालेका तीन मन्त्रीले पनि शपथ लिने भएका छन् ।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

एमाले संसदीय दलले प्रमुख सचेतक चक्रबहादुर मल्ललाई आर्थिक मामिला मन्त्रालय र उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, दमन भण्डारीलाई नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्