Trending
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |     बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |    
समाचार

तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य

५ भाद्र २०८३, शुक्रबार १९:३६

काठमाडाैँ। इराकले देशबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सावैजनिक गरेको छ।

शुक्रबार इराकी प्रधानमन्त्री अली अल–जाइदीले भने, “आफ्नो नेतृत्वमा रहेको इराकी प्रशासनले आगामी ६ वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेलसम्म बढाउन चाहेको छ।”

कच्चा तेलको बिक्रीले इराकको राजस्वको झन्डै ९० प्रतिशत ओगट्छ, तर हर्मुज जलमार्गमा आवागमनलाई अवरुद्ध पारेको इरान र संयुक्त राज्य अमेरिकाबीचको मध्यपूर्व युद्ध सुरु भएपछि इराकको निर्यात प्रभावित भएको छ।

ओपेकको संस्थापक सदस्य इराक युद्धका बेला धेरैजसो तेल क्षेत्रमा उत्पादन रोक्न बाध्य भएको थियो किनकि निर्यात रोकिँदा भण्डारणहरू भरिएका थिए। “हामी ओपेक प्लसको ढाँचाभित्र इराकको निर्यात हिस्सा बढाउन काम गरिरहेका छौँ र हामी छ वर्षमा आठ देखि एक करोड ब्यारेल प्रतिदिन पुर्‍याउने लक्ष्य राखेका छौँ,” अली अल–जाइदीले राजधानीमा भएको एक समारोहमा भने।

बग्दादले हालै युद्धको प्रभावका कारण विश्वमा देखिएको अभावलाई सम्बोधन गर्न ओपेकलाई आफ्नो उत्पादन कोटा बढाउन आग्रह गरेको थियो। द्वन्द्व सुरु हुनुअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल उत्पादन गथ्र्यो र मासिक औसत १० करोड ५० लाख ब्यारेल निर्यात गथ्र्यो, जसमध्ये अधिकांश बसरा तेल टर्मिनलबाट हर्मुज हुँदै बाहिरिन्थ्यो।

जलमार्ग अवरुद्ध भएपछि इराकले सिरिया हुँदै ‘ट्याङ्कर ट्रक’बाट तथा टर्कीको सेहान बन्दरगाहसम्मको पाइपलाइनबाट कच्चा तेल निर्यात गर्न थालेको थियो।

“हर्मुज जलमार्गको बन्द हुनु ठूलो चुनौती हो,” जाइदीले भने। उनले बग्दाद सेहानका साथै सिरियाको बनियास र जोर्डनको अकाबा हुँदै तेल निर्यात बढाउन काम गरिरहेको बताए। हर्मुज जलमार्ग अवरूद्ध भएपछि घटेको इराकी तेल निर्यात जुलाईमा करिब चार करोड ९० लाख ब्यारेलमा थोरै बढेको थियो, जसमध्ये तीन करोडभन्दा बढी हर्मुज हुँदै बाहिर गएको थियो।

अगस्टको पहिलो दुई सातामा इराकले दैनिक औसत २० लाख ब्यारेल तेल निर्यात गरेको थियो र मध्यपूर्व युद्ध सुरु भएयताको यो सबैभन्दा उच्च स्तर हो। बग्दाद तेल बिक्रीबाट आउने विदेशी मुद्रा आम्दानीमा धेरै निर्भर छ भने अधिकारीहरू देशको अर्थतन्त्र विविधीकरण गर्न खोजिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्