Trending
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |     बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |    
समाचार

उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

५ भाद्र २०८३, शुक्रबार १९:४५

काठमाडौँ, भदौ ५ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्पाको सम्भावना छ ।

शनिबार देशभर साधारणतया बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

आइतबार कोशी, लुम्बिनी र सुदूरपशिचम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्