Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग

१९ आश्विन २०८१, शनिबार १२:०९

१९ असोज,काठमाडौं। विद्युतीय गाडी बिवाइडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बाढी पहिरो पीडितको लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्रालिले ५१ लाख रुपैयाँ सहयोग गरेको हो । प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग चेक हस्तान्तरण गरेका छन् ।

साइमेक्स इंकले पछिल्लो समय नेपालमा भारी वर्षासँगै गएको बाढीपहिरो पीडितका लागि सहयोग गरेको बताएको छ । साइमेक्स इंक सामाजिक उत्तरदायित्व बहनमा अग्रणी पहिचान बनाउन सफल छ ।

प्रतिक्रिया दिनुहोस्