Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग

१९ आश्विन २०८१, शनिबार १२:०९

१९ असोज,काठमाडौं। विद्युतीय गाडी बिवाइडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बाढी पहिरो पीडितको लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्रालिले ५१ लाख रुपैयाँ सहयोग गरेको हो । प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग चेक हस्तान्तरण गरेका छन् ।

साइमेक्स इंकले पछिल्लो समय नेपालमा भारी वर्षासँगै गएको बाढीपहिरो पीडितका लागि सहयोग गरेको बताएको छ । साइमेक्स इंक सामाजिक उत्तरदायित्व बहनमा अग्रणी पहिचान बनाउन सफल छ ।

प्रतिक्रिया दिनुहोस्