काठमाडौँ। हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।
भदौ ११ गते बिहीबार दिउँसो १ः०० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक सरकार तथा सभाका सदस्यहरू राहत, उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले सो बैठक बस्न नसक्ने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।
आज सूचना जारी गर्दै सभामुखको निर्देशानुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिवालयको प्रवक्ता पद्मप्रसाद अर्यालले जानकारी दिए ।