Trending
शवबाट कानको मुन्द्रा निकाल्ने युवा समातिए     |     अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी     |     पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द     |     प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित     |     रसुवाको भोटेकोशीमा बाढी : ११४ जनाको हवाई उद्धार     |     राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री     |     राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन     |     संसद्को रेकर्डबाट हट्यो बादलले बोलेका ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द     |     स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु     |     बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश     |    
समाचार

शवबाट कानको मुन्द्रा निकाल्ने युवा समातिए

११ भाद्र २०८३, बिहीबार १८:०२

काठमाडौं। रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् । शवबाट कानको मुन्द्रा निकालेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

उनीहरूलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई पक्राउ गरेको हो । चितवन प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् ।

पक्राउ परेका दुवैमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्