Trending
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन     |     सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री     |     प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड संकलन     |     सरकारलाई सिकाउने सहसचिव निरौलालाई शव व्यवस्थापनको जिम्मा     |     प्रहरीको ‘स्ट्यान्ड टू’ अभ्यासपछि मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी     |     त्रिशुली ३ ए को टनेलभित्र फसेकाहरूलाई निकाल्न रातभर उत्खनन गरिने     |     प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने     |     ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’     |     शवबाट कानको मुन्द्रा निकाल्ने युवा समातिए     |     अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी     |    
समाचार

त्रिशुली ३ ए को टनेलभित्र फसेकाहरूलाई निकाल्न रातभर उत्खनन गरिने

१४ भाद्र २०८३, आईतवार २०:४५

नुवाकोट । गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ ।

ऊर्जा मन्त्रालयको सचिवालयले जनाएअनुसार टनेलमा रहेकाहरूको जीवन रक्षा र उद्धारका लागि अहिले युद्धस्तरमा कार्य भइरहेको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आज रातभर उत्खननको कामलाई निरन्तरता दिने जनाइएको छ ।

टनेलभित्र थुप्रिएको गेग्रान र अवरोध हटाउने कार्यसँगसँगै त्यहाँ फसेकाहरूका लागि अक्सिजनको आपूर्ति सहज बनाउन भेन्टिलेसनको व्यवस्था समेत समानान्तर रूपमा अघि बढाइएको छ ।

उद्धार टोलीले अहिले टनेलभित्र घस्रिएर जान सकिने एउटा साँघुरो मार्ग निर्माण गरिरहेको सचिवालयले जनाएको छ । उक्त प्यासेजमार्फत स्ल्याबको माथिल्लो भाग हुँदै डक्टको टुप्पासम्म पुग्ने र त्यहाँबाट टनेलको भित्री अवस्थाको विस्तृत निरीक्षण गर्ने योजना तय गरिएको छ ।

यद्यपि, भौगोलिक जटिलता र अवरोधका कारण यो प्रक्रियाबाट उद्धार सम्भव नभएमा सरकारले वैकल्पिक योजनासमेत तयार पारेको छ । जसअन्तर्गत भोलि बिहान सबेरै नेपाली सेनाको प्राविधिक टोलीमार्फत नियन्त्रित विस्फोट गरी अवरोध हटाइनेछ ।

सचिवालयका अनुसार फसेका व्यक्तिहरूलाई सकुशल बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्