Trending
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन     |     सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री     |     प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड संकलन     |     सरकारलाई सिकाउने सहसचिव निरौलालाई शव व्यवस्थापनको जिम्मा     |     प्रहरीको ‘स्ट्यान्ड टू’ अभ्यासपछि मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी     |     त्रिशुली ३ ए को टनेलभित्र फसेकाहरूलाई निकाल्न रातभर उत्खनन गरिने     |     प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने     |     ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’     |     शवबाट कानको मुन्द्रा निकाल्ने युवा समातिए     |     अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी     |    
समाचार

सरकारलाई सिकाउने सहसचिव निरौलालाई शव व्यवस्थापनको जिम्मा

१४ भाद्र २०८३, आईतवार २१:०७

काठमाडौं। कोशी प्रदेश सचिव कोषहरि निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवाको टिमुरे खटाइएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई टिमुरे खटाउने निर्णय गरेको हो ।

उनले शनिबार मात्रै फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव लेखेका थिए । कोभिडको समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी रहेको र त्यो बेला शव व्यवस्थापनबारे काम गरेको भन्दै फेसबुकमा अनुभव लेखेका थिए ।

सोही क्रममा उनले शव गाड्नु उपयुक्त नहुने विचार राखेका थिए । आफ्नो धर्म, परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने तर्क राख्दै निरौलाले शव गाड्न नहुने विचार राखेकै भोलिपल्ट काजमा सरुवा गर्ने निर्णय गरिएको हो ।

निरौलाले उक्त स्टाटस हाल हटाएका छन् ।

यस्तो थियो निरौलाको स्टाटस :

 

प्रतिक्रिया दिनुहोस्