Trending
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन     |     सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री     |     प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड संकलन     |     सरकारलाई सिकाउने सहसचिव निरौलालाई शव व्यवस्थापनको जिम्मा     |     प्रहरीको ‘स्ट्यान्ड टू’ अभ्यासपछि मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी     |     त्रिशुली ३ ए को टनेलभित्र फसेकाहरूलाई निकाल्न रातभर उत्खनन गरिने     |     प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने     |     ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’     |     शवबाट कानको मुन्द्रा निकाल्ने युवा समातिए     |     अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी     |    
समाचार

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

१४ भाद्र २०८३, आईतवार २१:५५

काठमाडौँ। भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गरेको छ ।

टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा खोज तथा उद्धार कार्य जारी राख्ने यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुुगेको थियो ।

त्यस्तै, भारतबाट चौथो उडान ११ टन थप राहत सामग्रीसहित आज काठमाडौँ आइपुगेको छ । उक्त उडानमा राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइसम्बन्धी किटका साथै सुरुङ खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित थप प्राविधिक टोलीसमेत आएको थियो ।

साथै ‘फरेन्सिक’ उपकरणसहित डीएनए विश्लेषणका लागि भारतीय फरेन्सिक विज्ञहरूको टोली पनि आजै नेपाल आइपुगेको छ ।

भारतका फरेन्सिक टोलीहरूले रसुवा बाढीमा ज्यान गुमाएकाको डिएनए नमुना विश्लेषणको कार्यका लागि नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरूसँग भेट गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्