Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
खेलकुद

एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

१५ भाद्र २०८३, सोमबार ०७:०२

काठमाडौँ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।

एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।

नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकर नेपालले कुनै पनि टोलीलाई हल्का प्रतिद्वन्द्वीको रूपमा लिन नहुने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “एसिसी प्रिमियर कप खेल्ने १० वटै टोली राम्रो छन् । हामीले कुनै पनि टिमलाई कमजोर आँक्नु हुँदैन । नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नेमा म आशावादी छु ।”

नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।

एसिसी प्रिमियर कप खेल्ने नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्