Trending
बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन     |     सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री     |     प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड संकलन     |     सरकारलाई सिकाउने सहसचिव निरौलालाई शव व्यवस्थापनको जिम्मा     |    
समाचार

बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना

१५ भाद्र २०८३, सोमबार २१:५१

काठमाडौं। बाढी प्रभावित प्रभावित जिल्लामा अवरुद्ध भएको विद्युत् पुनःस्थापना भइरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाको कालिकास्थान, नौकुण्डको केही भाग गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग गरेर सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ ।

साथै आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ । जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ ।

नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकामा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् सेवा उपलब्ध गरी काम भइरहेको छ । विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थान, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भाग बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिका भर विद्युत् पुर्याउने काम भइरहेको छ ।

मन्त्रालयका अनुसार धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्म) प्रभावित भएकामा आमदघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुने गरी काम भइरहेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सञ्चार सेवा पनि अधिकांश स्थानमा पूरा भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह सुरु गरिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्